सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्दै ओलीले भने– नेपाल सुरुङ युगमा प्रवेश गर्यो

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ ११, शुक्रबार (२ महिना अघि)
  • १८१ पटक पढिएको

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्दै ओलीले भने– नेपाल सुरुङ युगमा प्रवेश गर्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको शुक्रबार ‘ब्रेक थ्रु’ गरेका छन्।

सुरुङको ‘ब्रेक थु्र’ गर्नेक्रममा प्रधानमन्त्री ओलीले नेपाल सुरुङ युगमा प्रवेश गरेको बताए । उनले वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको भनाई समेत राखे।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्गको ब्रेक थ्रु गरिएको हो। उक्त सुरुङ मार्ग राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको छ।

स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री ओलीले बालुवाटारबाट भर्चुअलरूपमा सहभागी हुँदै ब्रेक थ्रु गरेका हुन्। स्वास्थ्य प्रतिकुलताका कारण प्रधानमन्त्री ओली स्थलगतरूपमा पुग्ने कार्यक्रम रहे पनि त्यसतर्फ जान असमर्थ भएका हुन्।

पहिरोका कारण गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट राहत दिन सुरुङमार्ग सफल आयोजना सावित हुने पनि बताए। उनले यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना पनि दिए।

ओलीले भने, ‘सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो। अब नेपाल हिजोझैँ दुर्गम भन्ने रहेन। यसलाई अझ सुगम बनाउनुछ। मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरूमा सरकारको ध्यान जानेछ।’

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

२०८१ चैत्र २७, बुधबार

लागुऔषधसहित दुई जना पक्राउ

२०८१ चैत्र २२, शुक्रबार

लुटपाट गर्ने चार जना पक्राउ

खोजी गर्नुहोस