फर्निचरमा आगलागी, एक जनाको मृत्यु, एक घाइते लाखौको क्षती

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ १२, शनिबार (२ महिना अघि)
  • ७६३ पटक पढिएको

फर्निचरमा आगलागी, एक जनाको मृत्यु, एक घाइते लाखौको क्षती

धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रे भन्ज्याङमा हिजो राती स्थानीय श्यामप्रसाद दाहालले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा ७० वर्षको टिकादेवी दङ्गालको आगोमा परेर निधन भएको छ ।

धुलिखेल नगरपालिका ९ स्थित एक फर्निचर उद्योगमा लागेको आगोमा परेर एक महिलाले ज्यान गुमाएकी हुन। धुलिखेल नगरपालिका वडा नं ९ मा रहेकाे श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत् सर्ट भई आगलागी हुँदा सो उद्योगमा बस्दै आएकी शंखरापुर नगरपालिका वडा नं १ नाङलेभारेकी ७० वर्षीय टिकादेवी दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । सोही उद्योगमा काम गर्ने उनका श्रीमान् ७३ वर्षीय तोयानाथ घाइते छन् ।

फर्निचर उद्योगबाट सुरु भएको आगो फैलँदा नजिकै रहेको कृष्णबहादुर विश्वकर्माको एक तले कच्ची घर र जस्ताले बनेको ध्रुवबहादुर विश्वकर्माको टहरामासमेत क्षति भएको छ ।

आगलागीबाट फर्निचर उद्योगमा अन्दाजी ८० लाख, कृष्ण विश्वकर्मामा अन्दाजी ८ लाख बराबरको घर, खाद्यान्न, लत्ताकपडा र ध्रुव विश्वकर्माको अन्दाजी तीन लाख बराबरका टहरा क्षति भएको प्रहरीले जनाएको छ ।

घाइतेको उपचार र मृतको पोस्टमार्टम धुलिखेल अस्पतालमा भइरहेको छ ।

राति ९ बजे सुरु भएको आगो नियन्त्रणको ५ वटा दमकल, एसपी खड्काको नेतृत्वमा ४० जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा बिहान करिब पौने २ बजे नियन्त्रणमा लिइएको थियो ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

२०८१ चैत्र २७, बुधबार

लागुऔषधसहित दुई जना पक्राउ

२०८१ चैत्र २२, शुक्रबार

लुटपाट गर्ने चार जना पक्राउ

खोजी गर्नुहोस