काठमाडौं । जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वैकल्पिक उर्जालाई अब सेवाको रुपमा मात्र नभई व्यवसायिक हिसाबले पनि अगाडि बढाउन आवश्यक रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा वैकल्पिक उर्जा प्रवन्द्र्धन केन्द्रद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले समयसापेक्षित रुपमा आफ्ना गतिविधिहरु र सेवाहरु प्रदान गर्दै अगाडि बढ्नुपर्ने पनि बताए।
‘हिजो हामीले सेवाको रुपमा लिएको यस वैकल्पिक उर्जालाई अब बिस्तारै व्यवसायिक हिसाबले पनि अगाडि बढाउनु पर्ने आवश्यकता सरकारले,मन्त्रालयले महशुस गरेको छ,’ मन्त्री खड्काले भने, ‘अब समय परिवर्तन भएको छ। समयसापेक्षित आफ्ना गतिविधिहरु, सेवाहरु प्रदान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ।’
उनले सरकारले आफ्नो नीति रणनीति योजना तथा लक्ष्यहरुमार्फत नविकरणीय उर्जाको विस्तार तथा उर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिँदै आएको पनि जानकारी गराए।