जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन ः अध्यक्ष दाहाल


जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन ः अध्यक्ष दाहाल

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र युवादेखि ज्येष्ठ नागरिकसम्मको पार्टी भएको बताएका छन्।

मोरङको कानेपोखरीमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादीमा जनमतलाई प्रभाव पार्ने गरी प्रवेशको लहर चलेको दाबी गरे। उनले माओवादी पार्टीलाई बलियो बनाउने काममा लाग्न पनि सबैमा आग्रह गरे।

‘माओवादी केन्द्रलाई बलियो बनाएर मात्रै देशमा विकास र समृद्धि प्राप्त हुन्छ’, उलने भने। उपनिर्वाचनमा कोशी प्रदेशमा माओवादी एक नम्बर पार्टी भएको उनले बताए।

‘पूर्वबाट रातो सूर्य उदाएको छ, हामीले यसको लागि प्रयत्न गरिरहेका छौं, त्यसैको परिणामस्वरूप मधेस केन्द्रित जनतासँग माओवादी अभियान सुरु गरेका छौं,’ दाहालले भने।

अहिले गठबन्धनमा रहेका दलहरू उत्पीडितहरूले पाएको अधिकार खोस्ने धुनमा रहेका प्रचण्डले बताए। अहिलेका सत्तारुढ दलहरू यो संविधान मिचेर, संसद् विगठन गरेर नागरिकका अधिकार खोस्ने प्रयत्नमा रहेका दाहालले बताए। संविधान संशोधनको नाममा पनि सोही षडयन्त्र भएको उनको आरोप छ।

माओवादीको तागतमा नै अहिलेको व्यवस्था आएको दबी गर्दै अध्यक्ष दाहालले गणतन्त्र ल्याउन संयोजनको काम माओवादी केन्द्रले नै गरेको उल्लेख गरे।

बुर्जुवाहरूका कुरा पत्याउँदा माओवादी पनि ठाउँ ठाउँमा फसेको उनले बताए। माओवादी पनि चिप्लिएको बताउँदै दाहालले अब माओवादी जनता केन्द्रित भएर जनताको मुद्दामा लाग्ने दाहालले प्रतिबद्धता व्यक्त गरे।

‘जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन, सोचेको भन्दा बढी जनताले माया गरेकाले हामी उम्लियौँ,’ उनले भने।

अहिलेको संविधान माओवादीकै कारण बनेको दाहालले बताए। एमाले अध्यक्ष केपी ओली त संघीय गणतान्त्रिक संविधान कै पक्षमा नरहेको उनले दाबी गरे। संविधान माओवादीको एजेण्डा भएकोले त्यसलाई स्विकार्न बाध्य भएका उनले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस