काभ्रेका पाँच विद्यार्थी संगठनबीच आसन्न स्ववियु निर्वाचनमा सहकार्यको सहमति भएको छ।
आसन्न स्ववियु निर्वाचनलाई लिएर काभ्रेका १५ वटा क्याम्पसमा ५ विद्यार्थी संगठनहरूले भागबण्डा गरेका छन्।
काभ्रेका १५ क्याम्पसको स्ववियु सभापतिसहित केही पदमा प्रमुख ५ विद्यार्थी संगठनहरुबिच भागबण्डाको सहमति भएको हो। अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र अखिल समाजवादीले सहमति गरेका हुन्।
सहमतिअनुसार अनेरास्ववियु र नेविसंघले ६–६ वटा क्याम्पसमा सभापति र क्रान्तिकारीले ३ क्याम्पस सभापति लिनेछन् भने अनेरास्ववियूले प्रभा क्याम्पसमा सहसचिव, तेजगंगामा कोषाध्यक्ष र सर्वमंगलामा उपसभापति लिने सहमति भएको छ।
यस्तै, अखिल समाजवादीले चैतन्य क्याम्पसमा सहसचिव, इन्द्रेश्वरमा २ सदस्य धुलिखेलमा एक सदस्य पाउने सहमति भएको छ । अन्य पदहरुमा भने प्रक्रिया अनुसार अघि बढ्ने सहमति गरिएको छ।