काभ्रे । नेपाली कांग्रेस शंखुपाटीचौरले गरेको कार्यकर्ता भेला तथा वनभोज कार्यक्रममा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
देविस्थानमा वनभोजसहित आयोजित कार्यक्रममा एमालेका मेघसुधार श्रेष्ठ, राजेश श्रेष्ठ, सिद्धिनारायण श्रेष्ठ, माओवादीका कैलाश बस्नेत, सविना थापा लगायत २६ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कांग्रेसको सदस्यता लिएका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला सभापति तीर्थ लामासहितका नेता कार्यकर्ताले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला सचिव माधव ढकाल, महासमिति सदस्य जितेन्द्रमान तामाङ (दावा लामा), सार्कीमान बल, महाधिवेशन प्रतिनिधी महेश पौडेल, जिल्ला सदस्य निराजन जंगम, प्रदेश सभा क्षेत्र नं १ (ख) का सभापति चन्द्रबहादुर लामा, २ (क) का सभापति हेमकुमार तामाङ, धुलिखेल नगर सभापति विदुरबहादुर वस्नेत, नेता राकेश तामाङ, माधव थापा, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं १ (ख) – काठमाडौं सम्पर्क समितिका सभापति उत्तम राजभण्डारी, नेपाली कांग्रेस धुलिखेल वडा नं १२ का उपसभापति कुमार तामाङ लगायतले पार्टी संगठनमा जोड दिँदै आगामी निर्वाचन जित हासिल गर्नूपर्ने तर्क गरे।
पार्टीका साथीहरुविच एकता, भाइचारा र सद्भावका लागि गरिएको कार्यक्रममा २ सय ५० भन्दा बढीको उपस्थिती रहेको कार्यक्रम संयोजक उत्तम राजभण्डारीले जानकारी दिए ।
कार्यक्रममा पार्टीमा योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।