काभ्रे । मामाघर गाएका काभ्रेका दुईसहित तीन बालकको मकवानपुरको सिस्नेरी खेलामा डुबेर मृत्यु भएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित सिस्नेरी खोलामा नुहाउन गएका काभ्रेका १५ वर्षका प्रविन घोरासैनी र प्रविस घोरासैनी तथा १२ वर्षीय सुशन आचार्यको डुबेर मत्यु भएको हो।
जुम्ल्याहा दाजुभाइ प्रविन र प्रविसको घर काभ्रेको फूलबारी दाप्चा हो। दुवै मामाघर गएका थिए। सुशन उनीहरुका मामाका छोरा हुन्।
तीनै जना सोमबार दिउँसो नुहाउन सिस्नेरी खोला गएका थिए। अबेरसम्म पनि घर नफर्किएपछि परिवार हेर्न जाँदा खोलाको किनारमा कपडा र चप्पल भेटिएको थियो। बालकहरु नदेखेपछि खोजतलास गर्दा तीनै जना डुबेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।
मृतक बालकहरूको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।