धुलिखेल अस्पतालमा जेनोप्लान प्रविधि सुरु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र ११, मंगलबार (२ हप्ता अघि)
  • १५१ पटक पढिएको

धुलिखेल अस्पतालमा जेनोप्लान प्रविधि सुरु

धुलिखेल, भदाै ११ : धुलिखेल अस्पतालले शरिरमा दशक पछिसम्म कस्तो रोग लाग्न सक्छ भने थाहा पाउने प्रविधि ‘जेनोप्लान प्रविधि’ सुरु गरेको छ। अस्पतालमा पत्रकार सम्मेलन गर्दै यो प्रविधि बारेमा जानकारी दिएको हो।

यस प्रविधिबाट मानिसको मुख भित्रको स्वाब (यालको स्वाब) निकालेर त्यसलाई परिक्षण गरेर वंशाणुगत रोग, क्यान्सर वा अन्य मेटाबोलिक रोगहरू (लाग्न सक्ने अवस्थाको आँकलन गर्न सकिने अस्पतालले जनाएको छ।

पाँच वर्ष माथिका सबै उमेर समुहका मानिसहरुलाई परिक्षण गर्न मिल्ने यो कोरियन प्रविधि हो। तत्काल स्वाब लिएर जाँचका लागि कोरिया पठाउने गरिएको अस्पतालले जनाएको छ।

यसका लागि अत्याधुनिक मेसिन र विषयगत तालिमप्राप्त जनशक्ति आवश्यक पर्ने हुनाले अस्पतालमा ल्याब राख्न नसकिएको र यसै वर्ष अस्पातालबाटै जाँच गर्ने गरि ल्याब राख्न प्रयास भइरहेको अस्पतालका गाईनोकोलोजिस्ट प्रा.डा. आभा श्रेष्ठले बताइन्।

 

उनले यसरी आफ्नो शरिरमा कुनै रोग लाग्न सक्ने जोखिम थाहा पाएपछि समयमै रोकथामका उपायहरु अपनाउन सकिने हुनाले दिर्घ रोग लाग्न नपाउने वा त्यसलाई समयमै सम्बोधन गर्न सकिने स्पस्ट पारिन्।

मानिसको स्वाब लिएको २ हप्तापछि रिजल्ट आउने यस प्रविधि नेपालमै पहिलो भएको उनले बताइन्।

यसैगरी अस्पतालले अप्टिकल फाइबरयुक्त दूरबिन मुत्रनली मार्फत भित्र पठाएर मिर्गौलामा रहेको पत्थरी लेजर प्रविधिबाट फुटाएर बाहिर निकाल्न थुलियम लेजर प्रविधिको सुरुवात समेत गरेको छ
मिर्गौलाको पत्थरी मात्र नभएर पिसाब थैलीमा मासु पलाउने समस्या (ट्युमर), प्रोस्टेट ग्रन्थि सुन्निने समस्यामा ग्रन्थि खुर्किने कामका लागि पनि निकै उपयुक्त भएको युरोसर्जन डा.सुजन माकजुले बताए।

उनका अनुसार यो प्रविधिबाट फुटाइएको पत्थरी बालुवा सरह मसिनो हुने भएकोले उपचारपछि पत्थरी अड्किने तथा पिसाबमा रगत देखिने, पिसाब रोकिने, पिसाब सङ्क्रमण हुने जोखिम पनि निकै कम हुन्छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस