काभ्रेमा एकै दिन ६ जना डेंगु संक्रमित भेटिए

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र १४, शुक्रबार (२ हप्ता अघि)
  • १५९ पटक पढिएको

काभ्रेमा एकै दिन ६ जना डेंगु संक्रमित भेटिए

काभ्रेमा एकै दिन ६ जना डेंगु संक्रमित भेटिएका छन्। शुक्रबार ६ जनामा डेँगु संक्रमण पहिचान भएपछि संक्रमितको संख्या ५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा काभ्रेमा थप छ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप छ जनामा डेंगी संक्रमण पुष्टि भएसँगै काभ्रेमा डेंगी संक्रमितको संख्या ५७ पुगेको हो ।

श्रावण १ गतेदेखि भदौ १४ गतेसम्ममा जिल्लामा २७ जना पुरुष र ३० जना महिला गरी ५७ जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् ।

काभ्रेको १३ वटा स्थानीय तहमध्ये तुलनात्मक रुपमा बनेपा, पनौती र धुलिखेल नगरपालिकामा धेरै संक्रमित रहेको कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ । कार्यालय प्रमुख कक्षपति श्रेष्ठका अनुसार, धुलिखेल नगरपालिकामा ६ जना महिला र ६ जना पुरुष, बनेपा नगरपालिकामा ४ जना पुरुष र ८ जना महिला, पनौती नगरपालिकामा ४ जना पुरुष र ६ जना महिला र पाँचखाल नगरपालिकामा २ जना महिलामा डेंगी संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, नमोबुद्ध नगरपालिकामा १ जना पुरुष र २ जना महिला, मण्डनदेउपुर नगरपालिकामा १ जना पुरुष, भुम्लु गाउँपालिकामा ३ जना पुरुष र ४ जना महिला, रोशी गाउँपालिकामा ३ जना पुरुष र तेमाल गाउँपालिकामा १ जना पुरुषलाई डेंगी भएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस