पनौतिमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र १७, सोमबार (२ हप्ता अघि)
  • ११६ पटक पढिएको

पनौतिमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काभ्रेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आइतबार साँझ ४:३० बजे पनौती नगरपालिका-५ स्थित ढलमलेमा बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१३प ०७५१ नं को मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवारसमेत गरी ३ जना घाइते भएका थिए ।

घाइतेमध्ये पदैलयात्री काभ्रे पनौती-५ बस्ने ६३ वर्षीय काजीबहादुर गुरुङको उपचारको क्रममा नर्भिक अस्पताल काठमाडौंमा निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । गुरुङसहित तीनै घाइतेहरुलाई बनेपास्थित शिरमेमोरियल अस्पताल लगिएको थियो । गुरुङलाई थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं रिफर गरिएकोमा साँझ ७:१० बजे उपचारको क्रममा मृत्यु भएको अस्पताललाई उद्धृत प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

त्यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बनेपा-७ बस्ने १७ वर्षीय सौरभ श्रेष्ठ र मोटरसाइकलमा सवार बनेपा-७ बस्ने १६ वर्षीय रियान प्रधानको अवस्था मध्यम रहेको उनले बताए । प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिएको र घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस