बनेपा महोत्सव–२०८१’ पाँचौ संस्करण हुँदै

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र १९, बुधबार (१ हप्ता अघि)
  • २४० पटक पढिएको

बनेपा महोत्सव–२०८१’ पाँचौ संस्करण हुँदै

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलाको आयोजना गरिने भएको छ । बनेपा ब्वाइज क्लबले शुक्रबार बनेपामा पत्रकार सम्मेलन गरी आउँदो असोज ९ गतेदेखि २४ गते सम्म उक्त मेलाको आयोजना गर्न लागिएको जनाएको छ ।

सम्मेलनमा जिल्लाको सुन्दर नगरी बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन, खेलकुद विकास गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जानकारी दिइयो । क्लबका अध्यक्ष महेश कर्माचार्यले मेला ‘बनेपा महोत्सव–२०८१’ पाँचौ संस्करण भएको उल्लेख गर्दै मेलामा कृषि, घरेलु सामग्रीलगायतका एक सय प्रदर्शनी कक्ष रहने बताए ।

यस्तै मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई सांस्कृतिका कार्यक्रमसमेत गरिने जनाइएको छ ।मेलामा खेल प्रतिस्पर्धा, धिमे बाजा प्रतियोगिता, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिनेछ । मेलाको व्यवस्थापनको तयारी सुरु भइसकेको कर्माचार्यले बताए ।

मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच प्रदर्शन गरिने छ । मेला सम्पन्न गर्न विभिन्न समिति निर्माण गरिने तयारी भएको क्लबले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस