धुलिखेल–खावा सडकमा बिहीबार र शुक्रबार टिपर चलाउन रोक

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र १९, बुधबार (१ हप्ता अघि)
  • १६८ पटक पढिएको

धुलिखेल–खावा सडकमा बिहीबार र शुक्रबार   टिपर चलाउन रोक

काभ्रे —अरनिको राजमार्गअर्न्तगत काभ्रेको धुलिखेल–खावाखण्डमा दुई दिन ट्रिपरलगायत मालवहाक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै धुलिखेल–खावा सडक खण्डमा यही भदौ २० गते बिहीबार र २१ गते शुक्रबार टिपर तथा मालवहाक सवारी साधन सञ्चालनमा रोक लगाइने जानकारी गराएको हो ।

निर्माणाधीन धुलिखेल–खावा सडक खण्ड अत्यन्तै जीर्ण भई यातायात सञ्चालनमा कठिनाई भएकाले सडक मर्मत तथा संभार गर्नका लागि सो सडकमा मालवहाक सवारी साधन सञ्चालनमा रोक लगाइने सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा उल्लेख छ ।

वर्षाले गर्दा उक्त सडक खण्ड हिलाम्मे भएपछि केही सातादेखि सवारीहरु बिच बाटोमै घण्टौंसम्म रोकिने गरेका छन् । धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतिको काम समयमै नसकिँदा यात्रुहरुले दिनहुँ सास्ती खेपिरहेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस