उदयपुरको सोरुङ छविसेमा आमा–छोराको हत्या

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र २०, बिहिबार (१ हप्ता अघि)
  • ९५ पटक पढिएको

उदयपुरको सोरुङ छविसेमा आमा–छोराको हत्या

उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छविसेमा आमा–छोराको हत्या भएको छ।

वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुस थापाको हत्या भएको हो। उनीहरुको शव बिहीबार बिहान पसलमै शव भेटिएको थियो।।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमा–छोराको शव देखेका थिए।

‘आमाको शव भुइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा थियो,’ वडाध्यक्ष खड्काले भने, ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरु देखिएको छ।ँ

ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान सुरु गरेको बताए।

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ। वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमति लिएर भारततिर गएका थिए।

‘तीनसय मिटर पर मुल घर थियो गएराति चाहीँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ,’ उनले भने।

घटनास्थल पुगेकी कटारी नगरपालिकाकी कार्यापालिका सदस्य गिताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको जानकारी दिइन्।

स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए। ‘साना साना देवरहरु थिए उनीहरुलाई बिहान आउँछौ भनेका थिए रे,’ राउतले भने, ‘बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ।’

बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछी स्थानीयवासी शोकमा छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस