काभ्रेमा विभिन्न कार्यक्रम गरेर मनाइयो निजामती सेवा दिवस

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र २२, शनिबार (७ महिना अघि)
  • ३४४ पटक पढिएको

काभ्रेमा विभिन्न कार्यक्रम गरेर मनाइयो निजामती सेवा दिवस

“व्यावसायिक र सिर्जनशील प्रशासन :विकास ,समृद्धि र सुशासन भन्ने नाराका साथ काभ्रेपलान्चोकको धुलिखेलमा
निजामती सेवा दिवस २०८१ को अवसरमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
काभ्रेपाञ्चोक जिल्लाका  सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको नेतृत्वमा  धुलिखेलको सरस्वती बजार देखि हजार सिँढी सम्म सरसफाई कार्यक्रम, कारागार कार्यालय काभ्रेमा कैदी बन्दीको स्वास्थ शिबिर संचालन, कारागार कार्यालयमा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको सहयोगमा कैदी बन्दीको बहिरंगसेवा (नाक, कान, घांटी, छाला, प्रेसर) स्वास्थ्य जांच भईरहेको छ ।
त्यस्तै बनेपा नगर पालिकाको सहयोगमा कारागारमा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । बनेपा नगरका नगरप्रमुख शान्तिरत्न शाक्यले सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल मार्फ़त जिल्ला कारागार प्रमुख जीवन निरौलालाई हस्तान्तरण गरे ।
सरसफाई, खेलकुद सामग्री हस्तान्तरण तथा स्वास्थ्य शिविरमा निजामती कर्मचारी, आधिकारिक ट्रेड युनियन र जिल्लास्थित सक्रिय ट्रेड यूनियन सहभागी थिए ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

खोजी गर्नुहोस