दमकमा गाई काटेको अभियोगमा चारजना पक्राउ

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र २३, आईतबार (१ हप्ता अघि)
  • ६८ पटक पढिएको

दमकमा गाई काटेको अभियोगमा चारजना पक्राउ

झापाको दमकमा गोठमा बाँधेको गाई चोरेर काट्ने चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले आज दमकमा पत्रकार सम्मेलन गरेर गाई काटेको अभियोगमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो।

पक्राउपर्नेहरुमा तीन जना भुटानी शरणार्थी शिविरमा बसोबास गर्ने तथा एक जना स्थानीय रहेका छन्। प्रहरीका अनुसार दमक–२ को बेलडाँगी भुटानी शरणार्थी शिविर–२ को छाप्रो न ३३२ को ४४ वर्षका प्रेमबहादुर बिष्ट, दमक–३ मा रहेको बेलडाँगी शिविर–३ को छाप्रो न ए३–२०८ बस्ने ३८ वर्षका खगेन्द्र दुलाल, सोही स्थानको छाप्रो न ए२–२०८ बस्ने ३२ वर्षका विधान थापा र दमक नगरपालिका–४ बस्ने ४५ बर्षकी गिता श्रेष्ठ पक्राउ परेका छन्।

पक्राउ परेकामध्ये दुलालले पटक–पटक जवरजस्ती करणी तथा पशुपंक्षी सम्बन्धी अपराधमा जेल सजाय पूरा गरेर रिहा भएको पाइएको प्रहरीले जनाएको छ।

भदौ १८ गते रातको समयमा उनीहरुले दमक नगरपालिका–१ मा गोठमा बाँधिरहेको २ महिनाको गर्भिणी रहेको गाई चोरी गरी गोठदेखि १०० मिटर उत्तरपटीको प्लटिङमा लगेर काटेका थिए। खुट्टा तथा गर्धनको मासु, रगत लगेका उनीहरुले शरिरको अन्य भाग घटनास्थलमा नै छोडेका थिए।

गर्भिणी गाई काटेको घटना बाहिरिएपछि घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीमाथि चर्काे दवाव परेको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रशासनसँग माग गरेका थिए।

प्रहरीले गरेको अनुसंधानका क्रममा शुक्रबार उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट बन्चरो १ थान, खुकुरी एक थान र मासु बोक्न प्रयोग भएको झोला एक थान बरामद गरेको पनि प्रहरीले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस