एभरेस्टका बालबालिका रमाए बाल दिवसमा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र २९, शनिबार (२ महिना अघि)
  • ११७ पटक पढिएको

एभरेस्टका बालबालिका रमाए बाल दिवसमा

भक्तपुर । भक्तपुरको एउटा स्कुलका ससाना बालबालिकाहरु बाल दिवसको अवसरमा स्कुलमा भएको कार्यक्रममा रमाएका छन्। भक्तपुर नगरपालिका २ मिवाछें व्यासीमा शुक्रबार भएको चिल्ड्न सेलिव्रेशन (वाल दिवस) मा वालबालिकाहरु खुशी भएका हुन्।

कार्यक्रमको क्रममा गीत, जिम्याष्टिक, कथा, नृत्य, पपेट, कथा वाचन, म्युजिकल डामा देखाइएको थियो। आफनै शिक्षिकाहरुको प्रस्तुतिबाट ससाना नानीबाबुहरु रमाएका हुन्। कार्यक्रमको उदघाटन अमृता खतिवडाले गरेकी थिइन्।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बालबालिकाहरुको चौतर्फी विकासका लागि बाल दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको स्मरण गरे।

उनले पढाईका अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सक्रिय बनाउन कार्यक्रम गर्दै आइरहेको जानकारी गराए । त्यस अवसरमा उनले काँं नामक कथा पनि सुनाएका थिए। कथाका साथमा व्लक सीका शिक्षिकाहरु कलाकारको भूमिकामा थिए।

कार्यक्रमको समापन गर्दै स्कुलकी प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले आजको बालबालिकाहरुलाई योग्य बनाउन चौतर्फी विकासतर्फ ध्यान दिनुपर्ने खाँंचो औल्याइन्। कार्यक्रममा कक्षा १,२ र ३ का विद्यार्थीहरुले धन्यवाद दिएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस