खानिखोला गाउँपालिकाले मनायो संविधान दिवस

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन ४, शुक्रबार (२३ घण्टा अघि)
  • ६५ पटक पढिएको

खानिखोला गाउँपालिकाले मनायो संविधान दिवस

खानिखोला —संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ खानिखोला गाउँपालिकाले दिपावली सहित विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाएको छ ।
खानिखोला गाउँपालिकाद्वारा तालढुङ्गामा आयोजना भएको संविधान दिवस मूल समारोहमा खानिखोला गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।

नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।
सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको दसौं वर्षमा लागेको छ ।

विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका थिए  । सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।
कार्यक्रममा उपाध्यक्ष दोर्जेमान जिम्बा, निमित प्रमुख प्रशासकीय अधिकृत रामपुकार यादव , प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल , इन्जिनियर जीवन राज अर्याल , महिला नेत्री मिना पाख्रीन, युवा नेता अविरल जिम्बा,वडा न: ५ अध्यक्ष बुद्धि बहादुर स्याङ्तान,४ नम्बर अध्यक्ष निशान मोक्तान , ३ नम्बर अध्यक्ष सागर लामा १ नम्बर अध्यक्ष सन्चमान थिङ, सहकारी अभियानता युवा नेता राजन अधिकारी , कार्यक्रम सन्चालिका श्रीजना थिङ, लगाएत विभिन्न शाखाका प्रमुखहरु कर्मचारीहरु विभिन्न पार्टी प्रतिनिधिहरु सहभागी भएका थिए

ताजा अपडेट

२०८१ आश्विन ४, शुक्रबार

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

२०८१ आश्विन ४, शुक्रबार

प्रधानमन्त्री ओली अमेरिका जाँदै

यो साताको प्रचलित

खोजी गर्नुहोस