अवैध रुपमा लुकाइछिपाइ ल्याएको २६ कार्टुन पटाका बरामद

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन ५, शनिबार (६ महिना अघि)
  • ३०७ पटक पढिएको

अवैध रुपमा लुकाइछिपाइ ल्याएको २६ कार्टुन पटाका बरामद

अवैध रुपमा ल्याइएको पटाकासहित एक ट्रकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।

शनिबार बेलुका काभ्रे राजमार्ग सडक खण्डअन्तर्गत धुलिखेल नगरपालिका–९, काभ्रेभञ्ज्याङमा सवारी चेकजाँच गर्ने क्रमममा सिराहाबाट भुस लोड गरी काठमाडौंतर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा अवैध रुपमा लुकाइछिपाइ ल्याएको २६ कार्टुन पटाका फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जोकर लेखिएका पटाका ५ कार्टुन, चक्र लेखिएका पटाका ५ कार्टुन, सिंगल रकेट लेखिएका पटाका २ कार्टुन, खुर्सानी लेखिएका पटाका १४ बोरा प्रहरीले बरामद गरेको हो । ट्रक चालक फरार रहेको र खोजतलास तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

खोजी गर्नुहोस