बाढीपहिरामा परी २१८ जनाको मृत्यु, २७ बेपत्ता

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन १५, मंगलबार (१ महिना अघि)
  • १२३ पटक पढिएको

बाढीपहिरामा परी २१८ जनाको मृत्यु, २७ बेपत्ता

असोज ११ र १२ गते गएको बाढी र पहिरोमा परी देशभर २१८ जनाको मृत्यु भएको छ।

बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु हुुनका साथै २७ बेपत्ता र १४३ जना घाइते भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए। उनले विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे।

प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको आजको बैठमा उनले विपदमा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताए।

उनले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिए।

‘खोज तथा उद्धार जारी छ। राहत सामग्री वितरणको कार्य पनि जारी छ। सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ। राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्,’ उनले भने।

नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए।

५० वर्ष यताकै ठूलो वर्षा भएको बताउँदै गृहमन्त्री लेखकले काठमाडौं उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएका बताए।

उद्धारमा नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उनले जानकारी दिए।

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

२०८१ मंसिर ७, शुक्रबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

खोजी गर्नुहोस