हनुमानढोकास्थित दशैंघरमा राखियो जमारा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन १७, बिहिबार (१ महिना अघि)
  • १३४ पटक पढिएको

हनुमानढोकास्थित दशैंघरमा राखियो जमारा

हनुमानढोकास्थित दशैंघरमा दशैंको जमरा राखि घटस्थापना गरिएको छ।

बिहीबार बिहान ९ः१६ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो। हनुमानढोकामा पुरातत्व विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर घडा वा कलश स्थापना गरी जौ छरिन्छ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको हो ।

हनुमानढोकाको दसैँ घरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ।

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

२०८१ मंसिर ७, शुक्रबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

खोजी गर्नुहोस