बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन २२, मंगलबार (१ हप्ता अघि)
  • ३९ पटक पढिएको

बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री सिन्धुली पुगेका छन्।

मंगलबार गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट पुगेका हुन्।

उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे।

रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ। उनीहरूले सो कामको निरीक्षणसमेत गरेका छन् ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस