भारतबाट फर्किए मन्त्री पौडेल

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन २३, बुधबार (६ दिन अघि)
  • ८२ पटक पढिएको

भारतबाट फर्किए मन्त्री पौडेल

स्वास्थ्यमन्त्री प्रदीप पौडेल भारत स्वदेश फर्किएका छन्। विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनका लागि भारत गएका उनी वुधबार अपरान्ह स्वदेश फर्किएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले भारतका शीर्ष नेता र अन्य देशका समकक्षीहरुको भेट फलदायी भएको उनले बताए।

भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डा, भारतीय जनता पार्टीका नेता एवम् विदेश विभाग प्रमुख विजय चौथाइवालगायतको भेटले नेपाल र भारतबीचको स्वास्थ्य सेवाका क्षेत्रमा काम गर्न सहज भएको प्रतिक्रिया दिए।

उनले नेपाल र भारतबीचको द्विदेशीय सम्बन्ध र विविध आयामबारे विचारविमर्श गरेको उनले बताए। मन्त्री पौडेलले भारतीय समकक्षी नड्डालाई नेपाल भ्रमणको निम्तो समेत दिएको बताए।

मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि पनि काम गर्ने प्रतिबद्धता रहेको सुनाए।

संगठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्यमन्त्री र संगठनका उच्च अधिकारी बैठकमा उनले सबै सदस्यराष्ट्रहरूले आन्तरिक स्रोत थप गर्नुपर्नेमा आवाज उठाएको बताए।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस