विपी राजमार्ग शुक्रबारदेखि खुल्छ : प्रधानमन्त्री ओली

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन २४, बिहिबार (५ दिन अघि)
  • २० पटक पढिएको

विपी राजमार्ग शुक्रबारदेखि खुल्छ : प्रधानमन्त्री ओली

बाढीपहिरोको कारण अवरुद्ध भएको बनेपा–बद्रीबास सडक (बीपी राजमार्ग) शुक्रबारदेखि खुल्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओलीले फेसबुकमा शुक्रबार बिहान १० बजेपछि बीपी राजमार्ग सञ्चालनमा आउने बताएका हुन्।

अहिले राजमार्गमा पहिरोको अवरोध खुलाउन भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्माको टोलीले काम गरिरहेको छ।

प्रधानमन्त्री ओलीले इन्जिनियर शर्मासँग टेलिफोनमा आफ्नो कुरा भएको समेत सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबारबाट राजमार्ग सञ्चालनमा आउने जानकारी इन्जिनियर शर्माले गराएको सामाजिक सञ्जालमा लेखेका छन्।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस