डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन ३०, बुधबार (३ घण्टा अघि)
  • ५३ पटक पढिएको

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो

देशभर डेंगी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ। सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन्।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ।

डेंगी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । काठमाडौँमा डेंगी सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन्।

यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगी सङ्क्रमण देखिएको छ भने तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ।

विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगी सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो।

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो।

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिने गरेका छन्।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस