काभ्रे बारको निर्वाचन, थापा र दाहाल प्यानल बनाएर चुनाबि मैदानमा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक २, शुक्रबार (३ दिन अघि)
  • १३४ पटक पढिएको

काभ्रे बारको निर्वाचन, थापा र दाहाल प्यानल बनाएर चुनाबि मैदानमा

काभ्रे बारको निर्वाचन जयराम थापा र हरिशरण दाहाल प्यानल बनाएर चुनाबि मैदानमा छन।
कार्तिक ३ गते हुने नेपाल बार एशोसिएसन काभ्रे इकाईको निर्वाचनमा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) र प्रगतिशील कानून व्यवसायी एशोसिएसन (एसपिएलए) ले संयुक्त उम्मेदवारी घोषणा गरेका छन् ।

निर्वाचनमा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) र प्रगतिशील कानून व्यवसायी एशोसिएसन (एसपिएलए) ले जयराम थापाकोको नेतृत्वमा उम्मेदवारी दिएका छन् भने प्रगतिशील कानून व्यवसायीको तर्फबाट हरिशरण दाहाल अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

लोकतान्त्रिक प्रगतिशिल समावेशी कानून व्यवसायी प्यानल अधिवक्ता थापाको नेतृत्वमा उपाध्यक्षमा हरिशरण बस्नेत, सचिवमा प्राणनाथ न्यौपाने, कोषाध्यक्षमा पुष्पराज थापा, सहसचिवमा जमुना पसछे छन् । सदस्यहरुमा रमिता मानन्धर, परमात्माराम पराजुली, राजेन्द्र तिमल्सिना, श्रीकृष्ण वैजु श्रेष्ठ, प्रल्हाद गिरी, राजु लामा, महेन्द्र तामाङ र बुद्ध रत्न मानन्धर छन् । पार्षदमा जगत शाह, श्याम कृष्ण त्रिपाठी, सूर्य बहादुर गोले, कुमार थापा, राजु के.सी. र शान्ती धिताल छन् ।

डेमोक्रेटिक लयर्स एशोसिएसन (डि एल ए) काभ्रेले एक सूचना जारी गरेर विभिन्न सामाजिक सञ्जालमा डिएलएको नाम जोडेर केही व्यक्तिले उम्मेदवारी घोषणा गरेको भन्दै त्यस्तो भ्रममा नपर्न अनुरोध गरेको छ । डि एल ए र एस पि एल ए का उम्मेदवार बाहेक अन्य उम्मेदवार नरहे नभएको हुँदा भ्रममा नरहन, नपार्न र नपर्न अनुरोध गरिएको डिएलए काभ्रेका अध्यक्ष महेश कुँवरले जानकारी दिए ।

समावेशि र सर्वपक्षीय भनिएको प्रगतिशील कानून व्यवसायीको तर्फबाट दाहालको नेतृत्वमा निरोजप्रसाद नेपाल उपाध्यक्ष, सचिवमा नारायणध्वज तामाङ, कोषाध्यक्षमा मुकुन्द मुनाकर्मी, सह सचिवमा लालतारा अधिकारी तथा सदस्यहरुमा दिपेन्द्र दनुवार, सुरेशकुमार केसी, राजेन्द्र पण्डित, सुविस्ता जोशी, सुरज तिमल्सिना, उमा थापा, राजकुमार गौतम, सुरेन्द्र आचार्यको उम्मेदवारी परेको छ । त्यस्तै पार्षदमा विजयभक्त श्रेष्ठ, कुमारप्रसाद भट्टराई, श्यामकृष्ण खत्री, फडिन्द्र कार्की, खुवनाथ दुलाल छन । काभ्रे बार एकाईमा १ सय २३ सदस्यहरू छन् ।

ताजा अपडेट

२०८१ कार्तिक ५, सोमबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

२०८१ कार्तिक ४, आईतबार

काभ्रे बारमा हरिशरणको नेतृत्व

२०८१ कार्तिक २, शुक्रबार

सप्तरीबाट १३ जनाकाे उद्धार

खोजी गर्नुहोस