काभ्रे बारमा हरिशरणको नेतृत्व

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक ४, आईतबार (२ दिन अघि)
  • १६८ पटक पढिएको

काभ्रे बारमा हरिशरणको नेतृत्व

नेपाल बार एसोसिएसन काभ्रेको अध्यक्षमा हरिशरण दाहाल निर्वाचित भएका छन् । सनिबार भएको निर्वाचनबाट जयराम थापालाई एक मतको अन्तरले पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल १ सय १५ मत खसेकोमा दाहालले ५८ र थापाले ५७ मत पाए ।

अध्यक्ष दाहालसंगै उपाध्यक्षमा निरोजप्रसाद नेपाल, सचिवमा नारायणध्वज तामाङ, सहसचिवमा लालतारा अधिकारी, कोषाध्यक्षमा मुकुन्द मुनाकर्मी निर्वाचित भएका छन्। काभ्रे बार इकाई निर्वाचन समितिका अनुसार जिल्ला सदस्यहरुमा सुरज तिमल्सिना, दिपेन्द्र दनुवार, सुरेशकुमार केसी, राजेन्द्र पण्डित, सुविस्ता जोशी, उमा थापा, राजकुमार गौतम, रमिता मानन्धर, महेन्द्र तामाङ निर्वाचित भए। सदस्य निर्वाचित मानन्धर र तामाङ जयराम थापा समुहबाट चुनावी प्रतिस्पर्धामा थिए।

त्यस्तै पार्षदमा विजयभक्त श्रेष्ठ, कुमारप्रसाद भट्टराई, श्यामकृष्ण खत्री, कुमार थापा, रामप्रसाद मानन्धर निर्वाचित भएका छन्। इकाईका पुर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा प्रदिप सापकोटा र प्रतिभा खत्रीको समितिले निर्वाचन गराएको थियो।
दाहाललाई एमाले, माओवादी, बैद्य समुह तथा नेपाली काँग्रेसको विद्रोही समुहले समर्थन गरेको थियो । थापालाई समाजवादी, नेपाली कांग्रेसको कानून ब्यवसायीहरुले समर्थन गरेका थिए । केहि स्वतन्त्र कानून ब्यवसायीहरु दुबै तर्फ विभाजन भएका थिए ।

ताजा अपडेट

२०८१ कार्तिक ५, सोमबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

२०८१ कार्तिक ४, आईतबार

काभ्रे बारमा हरिशरणको नेतृत्व

२०८१ कार्तिक २, शुक्रबार

सप्तरीबाट १३ जनाकाे उद्धार

खोजी गर्नुहोस