बेथानचोक र पनौतिका बाढिपहिरो पिडित लाई राहत सामाग्री बितरण

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक ६, मंगलबार (१ हप्ता अघि)
  • ७५३ पटक पढिएको

बेथानचोक र पनौतिका बाढिपहिरो पिडित लाई राहत सामाग्री बितरण

बेथानचोक। सत्य वचन परम ईश्वरीय मार्ग दर्शन सामाजिक संस्थाले काभ्रेका बाढीपहिरोबाट पीडित परिवारलाई राहत वितरण गरेको छ । मंगलबार जिल्लाको बेथानचोक गाउँपालिका, र पनौती नगरपालिकाको ६० घरघुरी बाढीपहिरो पीडित परिवारहरु राहत वितरण गरेको हो ।
सत्य वचन परम ईश्वरीय मार्ग दर्शन सामाजिक संस्थाको संरक्षण तथा टिचर श्रीकृष्ण आले मगरको आर्थिक सहयोगमा
संस्थाले बेथानचोक गाउँपालिकाको वडा नं. ४ र पनौती नगरपालिका वडा न: ७ मा प्रेम कुमारी लामाको बिशेष उपस्थितिमा प्रति परिवार १ बोर चामल ५ केजी दाल,२ लिटर तेल,२ केजी नुन , जिरा १/२ केजी , मस्यौउरा १ केजी ,फाइबर सिरग १ थान , म्याट २ मिटर , चाउचाउ,गरी ६० घर घुरी परिवारलाई राहत वितरण गरिएको हो ।

त्यसै गरि बेथानचोक गाउँपालिकामा वडा नम्बर ४ चलाल गणेशस्थान सलाङदुङ् बगरमा २७ परिवारलाई र पनौती नगरपालिका वडा नम्बर ७ पनौती बगरमा ३३ घर घुरी परिवारलाई स्थलगत अनुगमन गरि पीडितहरुको घर घरमा पुगि प्रेम कुमारी लामाको बिशेष उपस्थितिमा राहत वितरण गरेको हो ।
प्रेम कुमारी लामा, मायाँ गुरुङ , नर बहादुर बिशुन्खे , कुमार वाईबा, सोनि गुरुङको विषेश पहलमा, राहत वितरण भएको थियो । यस कार्यमा पीडित सामु पुर्‍याउनका लागि उमा तामाङ्ले समन्वय र सहकार्य गरेकी छिन ।
सत्य वचन परम ईश्वरीय मार्ग दर्शन सामाजिक संस्थाले बिगत हरेक समस्यमा परेकाहरुका लागि सहयोग गर्दै आएका छन् ।

 

 

ताजा अपडेट

२०८१ कार्तिक १२, सोमबार

सुनको मूल्य ४ सय रूपैयाँ घट्यो

२०८१ कार्तिक ११, आईतबार

एल क्लासिकोमा रियलको नमिठो हार

२०८१ कार्तिक १०, शनिबार

कालीजंग गणको २२० औं बार्षिकोत्सव

खोजी गर्नुहोस