प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झन्डै २ अर्ब करोड जम्मा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक ७, बुधबार (१ महिना अघि)
  • ९८ पटक पढिएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झन्डै २ अर्ब करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा झण्डै २ अर्ब रुपैयाँ जम्मा भएको छ। आसोज १२ गतेको महाविपत्तिपछि कोषमा एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो। उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ।

सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

२०८१ मंसिर ७, शुक्रबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

खोजी गर्नुहोस