बाग्लुङमा जीप दुर्घटना हुँदा एकै गाउँका ५ जनाको मृत्यु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक २६, सोमबार (१ महिना अघि)
  • १११ पटक पढिएको

बाग्लुङमा जीप दुर्घटना हुँदा एकै गाउँका ५ जनाको मृत्यु

बाग्लुङमा यात्री बोकेको पिकअप जिप सडकदेखि ५ सय मिटर तल भिरमा खस्दा यहाँको एउटै गाउँका ५ जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइले भएका छन् ।

जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङ आउँदै गरेको ग २ च ९२४७ नम्बरको जिप सोमबार बिहान साढे आठ बजे ढुंगाखानीमा सडकदेखि तल खसेको हो।

घटनामा जैमिनी नगरपालिका–८ केवइका ३८ वर्षीय चालक महेन्द्र पुन, उनकै छिमेकी २० वर्षकी रश्मी श्रीष, ५० वर्षकी नन्दकली पुन, १७ वर्षका निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीषको मृत्यु भएको प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। उनीहरु एउटै गाउँका हुन्।

र्दुघटनामा सोही गाउँका ४५ वर्षीय गंगाबहादुर श्रीष गम्भीर घाइते छन्। घाइतेलाई स्थानीयले उद्धार गरेर उपचार लागि धौलागिरि अस्पताल ल्याएका छन्।

ताजा अपडेट

२०८१ पौष १०, बुधबार

काठमाडौं आइपुगे सोनु निगम

२०८१ पौष १०, बुधबार

आज क्रिसमस डे मनाइँदै

खोजी गर्नुहोस