दमननाथ ढुंगाना एक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्यो : अध्यक्ष दाहाल

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर ३, सोमबार (५ महिना अघि)
  • १४९ पटक पढिएको

दमननाथ ढुंगाना एक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्यो : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वर्गिय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्व भएको बताएका छन्।

सोमबार पूर्वसभामुख, दमननाथ ढुंगानाको पार्थिब शरीरमा पुष्प अर्पण गरि श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष दाहालले शन्ति सम्झौता बनाउन र संविधान सभाको वातावरण बनाउनमा खेलेको भूमिका अविश्मरणिय रहने बताएका हुन्।

‘आदरणीय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैं सम्झिरहने छन्,’ उनले भने, ‘दमननाथ ढुंगाना र पद्मरत्न तुलधर दुई जना व्यक्तित्वले शान्ति सम्झौताको वातावरण बनाउन, संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविश्मरणीय ठान्छु मैले।’

साथै उनले नेपाली जनताले देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको ढुंगानाको योगदानलाई सधैं सम्झिने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस