प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक बहस नहुनु दुःखद् : मन्त्री पाण्डे

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर ९, आईतबार (२ घण्टा अघि)
  • ३५ पटक पढिएको

प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक बहस नहुनु दुःखद् : मन्त्री पाण्डे

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो बहस गर्ने ठाउँमा पनि विमर्शको संस्कृति कम हुन थालेको गुनासो गरेका छन्।

आइतबार साहित्यमा नारीवाद ःनयाँ दृष्टिकोणको खोजी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कहिलेकाहीं स्वार्थी पत्रहरुका कारण वास्तविक भावनाहरु छोपिने भन्दै विमर्शहरुले स्वार्थको पत्र उक्काएर मानवताको वास्तविकता के हो भन्ने कुराको खोजी गर्न आवश्यक रहेको बताए।

‘कहिले काँही हामी स्वार्थका पत्रहरुले छोपिन्छौं। वास्तविक भावनाहरु छोपिन्छन्। त्यसकारणले यस्ता विमर्शहरुले ती स्वार्थको पत्र उक्काउनुपर्छ र उक्काएर मानवताको वास्तबिकता के हो भन्ने कुराको खोजी गर्नुपर्छ। यस्तो बहस कम भएको देख्छु,’ उनले भने, ‘नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थामा यस्ता वहस अगाडि बढाउनुपर्छ। हामीसँग विभिन्न अनुसन्धान केन्द्रहरु छन्, पुस्तकालयहरु छन । यी ठाउँमा यस्ता विमर्श हुनुपर्छ तर यस्तो संस्कार घटेको देख्छु।’

उनले राजनीतिमा महिला नेतृत्वको कुरामा केही फड्को मारेको भएतापनि त्यसलाई परिणाममूखी बनाउनका लागि समाजका अरु क्षेत्रहरु जागरित हुनुपर्ने बताए।

मन्त्री पाण्डेले साहित्यमा नारीवाद भनेको समाज कै निम्ति खोजिएको र विभिन्न समूह, वर्ग भित्रको एउटा न्याय खोजेका बताए। नारीवादको सन्दर्भमा नयाँ दृष्टिकोण बनाउन जरुरी रहेको उनको भनाई छ।

ताजा अपडेट

खोजी गर्नुहोस