प्रधानमन्त्रीको चीन भ्रमणमा बिआरआई अन्तर्गत नेपालले ऋण लिँदैन : मन्त्री गुरुङ

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर ११, मंगलबार (४ महिना अघि)
  • १३१ पटक पढिएको

प्रधानमन्त्रीको चीन भ्रमणमा बिआरआई अन्तर्गत नेपालले ऋण लिँदैन : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणकाक्रममा बिआरआई अन्तर्गत सरकारले ऋण लिने चर्चा चलिरहेका बेला सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले ऋण नलिने प्रश्ट पारेका हुन्। तर चीन भ्रमणका बेला अनुदान सम्झौता गर्नसक्ने संभावना उनले औंल्याए।

‘जुनसुकै मुलुकबाट हामी ऋण लिइहाल्दैनौँ, अनुदान भने लिन्छौँ। चीनले अनुदान दिएमा त्यो स्वीकार गर्छौं, त्यसमा सम्झौता हुनसक्छ,’ मंगलबार धुलिखेलमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले भने।

बिआरआईप्रति मतान्तर हुनु अस्वाभाविक नभएको भनाई मन्त्री गुरुङको छ। उनले भने, ‘बुझेर बिआरआई परियोजनामा सम्झौता गर्ने देशहरुले राम्रो पनि गरिराखेका छन्। ती मुलुकमा ती आयोजना ‘गेम चेन्जर’का रुपमा कार्यान्वयन भएका हामीले देखिरहेका छौँ।’

ताजा अपडेट

खोजी गर्नुहोस