‘छक्का पञ्जा–५’ टिमको सहयोगमा दाप्चामा खानेपानीको सुविधा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष १०, बुधबार (१ दिन अघि)
  • ७३ पटक पढिएको

‘छक्का पञ्जा–५’ टिमको सहयोगमा दाप्चामा खानेपानीको सुविधा

व्यवसायिक रुपमा सफल भएको दीपकराज–दीपाश्री समुहको फिल्म ‘छक्का पञ्जा–५’ ले समाजसेवामा पनि हात हालेको छ।

गत दशैँमा प्रदर्शन भएर व्यसायिक रुपमा सफल भैसकेको यो फिल्मले गत असोज १२ गतेको बाढीका कारण प्रभावित भएको काभ्रे जिल्लाको दाप्चामा खानेपानी आपूर्तिको सहजताका लागि भौतिक सामग्री सहयोग गरेको छ।

फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरी तथा कार्यकारी निर्माता निर्मल शर्माले दाप्चामा खानेपानी आपूर्तिका लागि धारा निर्माणको लागि आवश्यक सामाग्री प्रदान गरेका हुन्।

ती सामग्रीहरु प्राप्त भएपछि अब उक्त क्षेत्रमा दुई सातामा धारा बनिसक्ने भएको छ । उक्त धारा जडान भएपछि त्यसको शुभारम्भ गर्न पनि ‘छक्का पञ्जा ५’ को टीम दाप्चा पुग्ने छ । उक्त क्षेत्रका डेढ सय घरधुरीलाई खानेपानी सुविधा पुग्ने गरि धारा निर्माण गर्न लागिएको हो।

रोचक कुरा के छ भने ‘छक्का पन्जा ५’ का अधिकांश दृष्यहरुको छायांकन दाप्चामै गरिएको हो। धारा निर्माण सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कलाकार दीपकराज गिरीले आफूलाई दाप्चा आउँदा आफ्नै घरमा पुगे जस्तो महसुस हुने बताएका छन्।

‘छक्का पञ्जा’ को टिमले फिल्म छायांकन भएको स्थानमा सहयोग गर्दै आएको छ। यसअघि पनि ‘छक्का पञ्जा’ छायांकन भएको काभ्रेको पनौती नगरपालिकालाई फिल्मको यूनिटले एम्बुलेन्स प्रदान गरिएको थियो।

ताजा अपडेट

२०८१ पौष १०, बुधबार

काठमाडौं आइपुगे सोनु निगम

२०८१ पौष १०, बुधबार

आज क्रिसमस डे मनाइँदै

खोजी गर्नुहोस