बहस नसकिएपछि रवि अझै २ दिन हिरासतमै रहने

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष २९, सोमबार (१ दिन अघि)
  • ५५ पटक पढिएको

बहस नसकिएपछि रवि अझै २ दिन हिरासतमै रहने

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेकसम्वन्धी बहस नसकिएका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोमबार पनि थुनामा पठाइएको छ।

बहस नसकिएका कारण लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको हो । आजबाट थुनछेक बहस सुरु भएको थियो।

बहस नसकिएका कारण बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले हिरासत पठाउने आदेश गरेको हो । अर्को बहस बुधबारका लागि तय भएको छ।

लामिछाने मंगलबारसम्म प्रहरी हिरासतमा रहने भएका छन्। मंगलबार माघे सक्रान्तिको बिदा भएका कारण बुधबारका लागि थुनछेक बहस तोकिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस