‘निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी छ’

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ माघ १, मंगलबार (१५ घण्टा अघि)
  • ५५ पटक पढिएको

‘निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पछिल्लो समय मानिसहरु मानसिक रुपमा समस्याग्रस्त बन्दै गएको बताएका छन्।

राष्ट्रिय योग दिवसको मुल समारोहमा बोल्दै मन्त्री पौडेलले कोलाहल,स्वार्थ र अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्याग्रस्त बनाएको बताएको हुन्।

‘हामीले बहस नगरेको पक्ष पुर्नस्थापना । यसमा बहस गर्ने बेला आएको छ। मानसिक रोगको समस्याबाट धेरै मानिसहरु समस्याग्रस्त भएको स्थिति छ। यस्तो कोलाहल, भिडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्या ग्रस्त बनाएको अवस्था छ,’ उलने भने, ‘यस्तो जटिल समस्यालाई कुन माध्यमबाट हल गर्न सकिन्छ र उपचार विधि के भन्ने भनेर बहस गर्ने बेला आएको छ।’

मन्त्रीले पौडेलले कोहीपनि इच्छाले रोगी नभएको बताए। उनले निरोधात्मक, रक्षात्मक क्षेत्रसँगै उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताए।

‘निरोधात्मक र रक्षात्मक क्षेत्रमा काम गर्न जरुरी छ। साथै पुर्नस्थापनाको क्षेत्रमा काम गर्न जरुरी छ । उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ,’ उनले भने, कोही बिरामी भयौं भने उपचार कसरी गर्ने भन्ने बारेमा चिन्ता गरेको देखिन्छ। तर बिरामी हुन नदिने भन्नेमा काम गर्न सकिएको छैन। यसरी नै बिरामी बढ्दै जाने हो भने उपचार गर्न सक्दैनौ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस