काभ्रेको तरकारीमा विषादीको खपत तथा प्रयोगमा कमी

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ माघ २, बुधबार (५ घण्टा अघि)
  • ५१ पटक पढिएको

काभ्रेको तरकारीमा विषादीको खपत तथा प्रयोगमा कमी

धुलिखेल । काभ्रेमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमि आएको छ।

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा गरेको अन्र्तक्रिया कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला र सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय विषादीको खपत तथा प्रयोगमा कमी आएको विवरण सार्वजनिक गरिएको हो।

पछिल्लो आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा अघिल्लो आवको तुलनामा समग्रमा विषादी खपत र प्रयोगमा कमी कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले विवरण सार्वजनिक गर्नुभएको हो। आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आर्थिक वर्ष २०८०/०८१ मा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत र प्रयोग कम भएको कार्यालयको भनाइ छ।

आर्थिक वर्ष २०८०/०८१ मा काभ्रेपलाञ्चोक जिल्लामा किटनाशक धुलो÷दानादार विषादी दश हजार पाँच सय किलोग्राम, तरल विषादी नौ हजार लिटर, ढुसीनाशक धुलो–दानादार ३८ हजार एक सय किलोग्राम, तरल विषादी दश हजार ३० लिटर, झारनाशक धुलो–दानादार तीन हजार पाँच सय किलोग्राम, तरल विषादी चार हजार तीन सय लिटर विषादी खपत भएको छ।

त्यस्तै जैविक विषादी धुलो–दानादार नौ सय किलोग्राम, तरल विषादी दुई हजार लिटर र अन्य धुलो–दानादार विषादी २५० किलोग्राम र एक हजार लिटर तरल विषादी खपत भएको छ । २०८०/०८१ मा धुलो/दानादार विषादी ५३ हजार दुई सय किलोग्राम र तरल विषादी २६ हजार ३३० लिटर खपत भएको छ भने २०८०/०८१ मा सिन्धुपाल्चोक जिल्लामा किटनाशक धुलो÷दानादार विषादी चार हजार ४०५ किलोग्राम, तरल विषादी तीन हजार लिटर, ढुसीनाशक धुलो÷दानादार १५ हजार २० किलोग्राम, तरल विषादी पाँच हजार ३२५ लिटर, झारनाशक धुलो/दानादार आठ सय किलोग्राम, तरल विषादी एक हजार ९२० लिटर विषादी खपत भएको छ।

यस्तै सिन्धुपाल्चोक जिल्लामा जैविक विषादी धुलो÷दानादार चार सय किलोग्राम, तरल विषादी ९१५ लिटर र अन्य धुलो/दानादार विषादी २५० किलोग्राम र ३१२ लिटर तरल विषादी खपत भएको थियो।

दवाडीले आव २०८०/०८१ मा सिन्धुपाल्चोक जिल्लामा धुलो/दानादार विषादी २० हजार ८७५ किलोग्राम र तरल विषादी ११ हजार ४७२ लिटर खपत भएको छ। कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा काभ्रेपलाञ्चोक जिल्लामा धुलो/दानादार विषादी ५६ हजार १६० किलोग्राम र तरल विषादी २८ हजार ९६४ लिटर र सिन्धुपाल्चोक जिल्लामा धुलो÷दानादार २३ हजार १७५ किलोग्राम र तरल विषादी १५ हजार ७७० लिटर खपत भएको छ।

२०७९/०८० को तुलनामा पछिल्लो आव २०८०/०८१ मा काभ्रेपलाञ्चोकमा किटनाशक तरल विषादी, झारनाशक धुलो/दानादार विषादी, जैविक विषादी धुलो/दानादार र तरल र अन्य तरल विषादीको प्रयोग भने बढेको छ। त्यसैगरी सिन्धुपाल्चोक जिल्लामा किटनाशक तरल विषादी, जैविक धुलो/दानादार र तरल विषादीको प्रयोग बढेको छ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपककुमार गौतमले विषादी विक्रेताको इजाजत दिने कुरालाई व्यस्थित गर्नुपर्ने बताउँदै किसानहरुलाई विषादी विक्रेताले प्रयोगको विधिको बारेमा समेत जानकारी दिनुपर्ने बताए। नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले जिल्लामा समग्रमा विषादीको प्रयोग कमी हुनु खुसीको कुरा भएको बताउँदै किसानहरुलाई जैविक विषादी प्रयोगतर्फ आकर्षित गर्नुपर्ने बताए।

विषादी विक्रेता व्यवसायीहरुले विषादी विक्रेताको इजाजत प्रमाणपत्र नविकरणलगायतमा समस्या देखिएको गुनासो गरे। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा बीउ बिजन तथा विषादी विक्रेताको संख्या १३६ रहेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस