वडाध्यक्षले बाँडे रासन कार्ड, विपन्नले सित्तैमा खाद्यान्न पाउने

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ माघ १४, सोमबार (१ दिन अघि)
  • ७९ पटक पढिएको

वडाध्यक्षले बाँडे रासन कार्ड, विपन्नले सित्तैमा खाद्यान्न पाउने

मोरङ । नेपालमै पहिलोपटक मोरङको पथरीशनिश्चरे नगरपालिकामा रासन कार्ड लागु गरिएको छ।

नगरको २ नं वडा कार्यालयले वडाका अति विपन्न नागरिकलाई मासिक रूपमा निशुल्क खाद्यान्न उपलब्ध गराउने गरि रासन कार्ड प्रणाली लागु गरेको हो।

सोमबार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि वडाका अति विपन्न परिवारलाई रासन कार्ड वितरणको थालनी गरेको हो। वडाअध्यक्ष नैना राईले वडाका अति विपन्न २० परिवारलाई रासन कार्ड र चामल वितरण गरेका थिए।

वडा कार्यालयले एक महिना अघि वडाका अति विपन्न नागरिकहरुलाई निशुल्क खाद्यान्न कार्डका लागि निवेदन दिन सार्वजनिक सुचना जारि गरेको थियो । प्राप्त निवेदनहरुका आधारमा स्थलगत अनुगमन गरि रासन कार्ड प्रदान गरिएको हो।

वडाले अति विपन्न परिवारहरुलाई रासन कार्डको आधारमा प्रतिपरिवार मासिक रूपमा १० देखि १५ केजि चामल प्रदान गर्ने वडाध्यक्ष राईले बताए।

उनले अति विपन्न परिवारलाई वडामा सम्पर्क गरि रासन कार्ड बनाउन आग्रह समेत गरेका थिए।

रासन कार्ड शुभारम्भ कार्यक्रममा वडामा पार्क निर्माण गर्न डेढ बिघा जग्गा निशुल्क प्रदान गर्ने जग्गा दाता पदम लिम्बुलाई सम्मान समेत गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस