एक्सप्रेस सहकारीको संस्थागत कार्यक्रम सम्पन्न


एक्सप्रेस सहकारीको संस्थागत कार्यक्रम सम्पन्न

बनेपा । एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले आफ्नो दोश्रो संस्थागत कार्यक्रम यहि फाल्गुन ०७ गते बुधवार बनेपा–६, बुडोल स्थित गोसाईथानको खुल्ला चौरमा संस्थाका सदस्यहरुलाई भेला गरि सहकारी सिद्धान्तको ‘शिक्षा, तालिम र सुचना’ अन्र्तगत ‘सदस्य सूचना तथा अन्र्तक्रिया कार्यक्रम–२०८१’ सफलतापुर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा सदस्यहरुको सहज सहभागिता तथा अन्र्तक्रियाको लागि विभिन्न खालका खेलहरुको साथमा सदस्यहरुबाट आफ्ना सल्लाह, सुझाव तथा जिज्ञासाहरु सहजरुपमा राख्न सक्ने गरि अन्र्तक्रियात्म पजल गेम गरिएको थियो, जहाँ सदस्यहरुले रमाईलो वातवरणमा आ–आफ्ना विभिन्न खालका जिज्ञासा, सल्लाह सुझावहरु राखेका थिए।

सदस्यहरुलाई संस्थाको विगतदेखि वर्तमान सम्मको यथार्थ अवश्थाको बारेमा संस्थाका अध्यक्ष श्री ईश्वर केसीले अवगत गएका थिऐ भने उपाध्यक्ष सीता ओझाले स्वागत मन्तब्य राखेका थिए।

सदस्यहरु क्रमशः दयाराम महत, विष्णु पाण्डे, टिकाराम घिमिरे, नरेन्द्र विष्ट, सुमित्रा तिमल्सिना, बद्रि न्यौपाने, अञ्जु खड्का, माधव प्रसाद पराजुली, बद्रि पौडेल लगाएतले आ–आफ्नो सुझावसहितको धारणा राखेका थिए। विभिन्न खेलमा सहभागी रहनुभएका पशुपति लामा, विन्दु महत, तारा अधिकारी तथा बालबचतकर्ता अबिराज थापा र इशिका केसीले विभिन्न पुरस्कारहरु जितेका थिए।

कार्यक्रममा संचालक समिती, लेखा तथा सुपरिवेक्षण समिती, उपसमितीहरु र कर्मचारीहरु समेतको सहभागिता रहेको थियो।

कार्यक्रममा विशेषत संस्थाको समिक्षा, वर्तमान परिप्रेक्ष्यमा सहकारीको अवश्था र चुनौती, संस्था र सदस्यको सम्बन्ध, संस्थामा सदस्यको भूमिका, जिम्मेवारी र महत्व आदिको विषयको साथमा हालै जारी भएको सहकारी अध्यादेश २०८१ को बारेमा समेत छलफल तथा अन्र्तक्रिया गर्दै कार्यक्रमलाई सदस्य मैत्री वातावरणमा सम्पन्न गरिएको थियो।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस