नमोबुद्धमा सुख्खा पहिरोमा पुरिएर एक मजदूरको मृत्यु


नमोबुद्धमा सुख्खा पहिरोमा पुरिएर एक मजदूरको  मृत्यु

नमोबुद्द /सुख्खा पहिरोमा पुरिएर काभ्रेको नमोबुद्धमा एकजना मजदूरले ज्यान गुमाएका छन् । नमोबुद्ध नगरपालिका–१ कानाकोटमा वृद्धाश्रमको भवन बनाउन खटिएका सखुवापर्सेनी गा.पा.वडा नं. ०३ बस्ने अन्दाजी ३८ वर्षीय दुर्जन माझीको सुख्खा पहिरोमा पुरिएर ज्यान गएको हो ।
भवन निर्माणको क्रममा माथिबाट आएको सुख्खा पहिरोमा माझी पुरिएका थिए । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आज दिउँसो करिव ३ बजेको स पहिरो खसेर सोहि भवनको दोस्रो तल्लाको पिल्लर ढली रडले माझीको टाउकोमा लागेका थिए ।
घटना स्थल मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । यस्तै काभ्रेको भुम्लु गाउँपालिका–१ सापिङमा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । स्थानीय श्रीकृष्ण गिरीको तिन तले भिरबाटखसेर मृत्यु भएको हो । उनको टाउको र शरीरमा चोट लागेको थियो । गिरी आफ्नै घरदेखि डेढ किलोमिटर पश्चिम सापिङ आङगे खोल्सामा मृत भेटिएका हुन् । उनी भिरबाट करिव ३५/४० मिटर तल खसेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस