बेथानचोकको गोरखनाथ सामुदायिक वनमा आगलागी तस्बिरहरु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ चैत्र ४, सोमबार (२ हप्ता अघि)
  • १३१ पटक पढिएको

बेथानचोकको गोरखनाथ सामुदायिक वनमा आगलागी तस्बिरहरु

बेथानचोक/काभ्रेको बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा डढेलो लागेको छ । प्रहरी चौकी च्याम्राङबेशी–ढुंखर्कका इन्चार्ज रमेश शाहका अनुसार डढेलो लागेको स्थानमा प्रहरीको टोली जाँदै छ । त्यहाँको घटनास्थलको विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए । रातिको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएकाले बिहान नियन्त्रणको तयारी भइरहेको बेथानचोक गाउँपालिका–३ का वडाअध्यक्ष कुबेर ढकालले जानकारी दिए । आगलागी भएको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा जोखिम भने देखिएको छैन । उनका अनुसार प्रहरी, जनप्रनितिनिधि, वन उपभोक्ता समिति, जनसमुदाय सबैलाई खबर गरिएको छ । स्थानीय कमल नेपालका अनुसार उक्त वनमा २-३ किलोमिटर डढेलो फैलिएको छ । स्थानीय र प्रहरी घटनास्थल पुगेर निभाउने प्रयास गरिरहेको छ। तस्बिरहरु: कमल नेपाल

ताजा अपडेट

खोजी गर्नुहोस