खावा/धुलिखेल खावा सडक निर्माण सम्पन्न नगरेको भन्दै स्थानीयले सडक बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । अरनिको राजमार्ग अन्तर्गत पर्ने उक्त सडक समयमा नबनाई स्थानीय र यात्रुहरूलाई सास्ती व्यहोर्न बाध्य पारेको भन्दै बिहीबार दिउँसो १ बजेबाट सडक बन्द गरिएको हो । स्थानीय र व्यवसायीहरूले अरनिको राजमार्ग धुलिखेल खावा सडक पकुचामा स्थानीय अवरोध गरेका हुन । धुलिखेल खावा ४ किलोमिटर सडक खण्ड निर्माणको सुनिश्चितता नभएको भन्दै आक्रोशित स्थानीयले सडक बन्द गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । तीन पटक सरकार फेरिए पनि सडकको अवस्था फेरिन नसकेको स्थानीयको गुनासो रहेको छ ।