सिराहाका प्रजिअ मन्त्रालय तानिए

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ चैत्र ८, शुक्रबार (१ हप्ता अघि)
  • ११३ पटक पढिएको

सिराहाका प्रजिअ मन्त्रालय तानिए

सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई ‘असक्षम’ भन्दै गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ ।

उनको कार्याकालमा प्रशासन फितलो भएको, नागरिकताको तस्करी भएको, एसईई परीक्षा मर्यादित र व्यवस्थित गर्न नसकेको लगायतको आरोप छ ।

सिरहाको औरही ५ मा दलित दीपक मरिक डोमको घर भत्काएर यज्ञ लगाउने सवालमा प्रजिअ दहालले उत्पीडकहरुलाई बचाउने भूमिका खेलेको आरोप लागेपछि गृहले उनलाई फिर्ता बोलाउने निर्णय गरेको बुझिएको छ ।

प्रजिअ दाहालको ठाउँ लिन कपिलवस्तु जिल्लामा प्रजिअ रहेका विश्व प्रकाश अर्याललाई सिरहा पठाउने निर्णय भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस