बनेपा/अरनिको र विपी राजमार्गहुँदै काठमाडौ उपत्यका प्रवेश गर्ने यातायातका साधनलाई सीमा-नाकामा ‘होल्ड’ गरिएको छ।
राजावादीको आन्दोलन हिंसात्मक बनेपछि बीपी राजमार्ग हुँदै संघीय राजधानी काठमाडौं भित्रिने सवारी साधनलाई काभ्रेमा रोकिएको छ । बिपी राजमार्ग र अरनिको राजमार्ग हुँदै काठमाडौं हिडेका गाडीलाई भकुण्डेवेशीमा र पाँचखालमा होल्ड गरिएको छ । काभ्रेबाट उपत्यका छिर्नलाई प्रहरीले पुर्ण रुपमा रोक लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधनमा रोक लगाइएको हो । बिपी राजमार्ग हुँदै काठमाडौं हिडेका गाडीलाई भकुन्डेबेशीमा र अरनिको राजमार्ग हुँदै काठमाडौं हिडेका गाडीलाई पाँचखालमा होल्ड गरिएको छ ।