काभ्रेमा ट्राफिक समस्यामा पर्नु भयो ? १०३ मा कल गर्नुहोस्

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ चैत्र २८, बिहिबार (३ दिन अघि)
  • १५१ पटक पढिएको

काभ्रेमा ट्राफिक समस्यामा पर्नु भयो ? १०३ मा कल गर्नुहोस्

काभ्रे । ट्राफिक ब्यवस्थापनका समस्या तथा जनगुनासो सम्बोधन गर्नका निम्ति जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेपलान्चोकले आजबाट हटलाईन नम्बर १०३ सञ्चालनमा ल्याएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेको अनुगमन निरीक्षणका क्रममा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले हटलाईन नम्बर १०३ मा प्राप्त फोन उठाएर यो सेवाको सुभारम्भ गरे। सो अवसरमा प्रमुख जिल्ला अधिकारी ढकालले आम नागरिकले ट्राफिक व्यवस्थापन सम्बन्धी सूचना सुनिश्चित गर्न यस किसिमको सेवाले टेवा पुर्‍याउने बताए।

साथै आम सर्बसाधारणहरुले आफूलाई परेको ट्राफिक समस्या जस्तैस बाटोको अवस्थाको जानकारी, सवारी साधनमा माल सामान छुटेको, बढी भाडा लिएको, गन्तव्यमा जान नमानेको लगायतको बिषयमा तुरुन्त गुनासो राख्न सक्ने र ट्राफिक प्रहरीका तर्फबाट सर्बसाधारणले राखेका त्यस्ता गुनासोका सन्दर्भमा तत्काल समस्या समाधानका लागि पहलकदमि लिनुपर्ने बताए।

सोहि अबसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले अबको समय भनेको सूचना र प्रबिधिको समय भएकोले सोही अनुरुप प्रहरी सेवा पनि प्रवाह गर्नुपर्ने र त्यसको लागि यो एउटा महत्वपूर्ण पहल भएको बताए। सबैको हात हातमा मोवाइल पुगेको अवस्थामा पनि आफूलाई परेको ट्राफिक समस्या समयमानै जानकारी गराउन नसकिने अवस्था रहेकोमा आजबाट सञ्चालनमा आएको ट्राफिक हटलाईन नम्बरले त्यस्ता समस्या तथा गुनासोको तत्काल निरुपण हुने कुरा बताए।

त्यस्तै ट्राफिकसँग सम्बन्धित निबेदन, बिबिध जानकारीहरू क्युआर कोड मार्फत पनि उपलब्ध गराउने तर्फ पहल गर्न समेत ट्राफिक प्रहरीलाई निर्देशन दिए।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेका प्रमुख प्रहरी निरीक्षक बिकास कुमार तामाङले जुनसुकै दुरसँचार सेवा प्रदायकको नेटवर्कबाट फोन गर्न सकिने जानकारी दिए।

२४ सै घण्टा खुला रहने र यसमा फोन गर्दा सेवाग्राहीको कुनै शुल्क नलाग्ने एबं सेवाग्राहीबाट प्राप्त गुनासाहरूको शिघ्र समाधान गर्दै प्रहरी सेवालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन मद्दत पुग्ने बताए।

बागमती प्रदेश अन्तरगत जिल्लाहरु मध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले प्रथम जिल्लाको रुपमा उक्त सेवा सुरुवात गरेको छ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

२०८१ चैत्र २७, बुधबार

लागुऔषधसहित दुई जना पक्राउ

२०८१ चैत्र २२, शुक्रबार

लुटपाट गर्ने चार जना पक्राउ

खोजी गर्नुहोस