पाँचखालका प्रहरीलाई अग्नी नियन्त्रणका सामाग्री

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ बैशाख २, मंगलबार (३ दिन अघि)
  • १३० पटक पढिएको

पाँचखालका प्रहरीलाई अग्नी नियन्त्रणका सामाग्री

पाँचखाल/पाँचखाल नगरपालिकाले जिल्ला प्रहरी कार्यालय  पाँचखाल प्रहरी चौकीलाई अग्नी नियन्त्रणका सामाग्री वितरण गरेको छ। मँगलबार नगरपालीकामा आयोजीत कार्यक्रममा नगरपालिका ले सुरक्षा निकायलाई अग्नि नियन्त्रण  सामाग्री वितरण गरेको हो।

नगरप्रमुख महेश खरेलले जिल्ला प्रहरी कार्यालय काभ्रेको  प्रमुख बशुन्धरा खड्कालाई फायर स्वाटर दश थान ,फायर रेक दश थान,फायर रक्कि होए दश थान ,वाटर ब्याग प्याक स्प्रेएर पाँच थान ,(फायर सुट) जम सुट ग्लोब्स् हेल्मेट पाँच पाँच थान ,फायर मास्क दश थान ,फायर एक्सटिगुसर ( छ कि.ग्रा) दश थान ,फायर बकेट लगायत् आठ थरी  अग्नी नियन्त्रणको सामाग्रीहरू वितरण गरेका हुन्।

आगलागि तथा डडेँलोको समयमा उद्धारका सामाग्री हरू सहित सुरक्षाकर्मिहरू तयारी अवस्थामा रहनु पर्ने भएकोले अग्नी नियन्त्रणका सामाग्रीहरू वितरण गरिएको नगरप्रमुख महेश खरेलले बताए ।उनका अनुसार अहिले वन डढेँलोको घटनाहरू बढदै गएको अवस्थामा यस प्रकारका सामाग्रीले समयमै अग्नी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

खोजी गर्नुहोस