काभ्रे सेवा समाजमा नेपालको अध्यक्षतामा नयाँ कार्य समिति चयन

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ बैशाख ६, शनिबार (६ घण्टा अघि)
  • २११ पटक पढिएको

काभ्रे सेवा समाजमा नेपालको अध्यक्षतामा नयाँ कार्य समिति चयन

काठमाडौ । काभ्रेपलाञ्चोक जिल्लाको हकहितका लागि स्थापित काभ्रे सेवा समाजमा पुरुषोत्तम नेपालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
शनिबार काठमाडौमा आयोजित समाजको १३ औ साधारणसभामा नेपाल सरकारका पूर्व सह–सचिव एवं संघीय मामिलाका विज्ञ नेपालको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन भएको घोषणा गरिएको थियो । निर्वाचन समितिका संयोजक गंगासागर खत्रीका अनुसार, नेपालसहित १७ जना निर्विरोध चयन भएका हुन् । २१ सदस्यीय कार्य समितिका चार जना भने मनोनित गर्ने प्रावधान छ ।
समाजको बरिष्ठ उपाध्यक्षमा पूर्णसिंह खड्का, उपाध्यक्षमा लभराज जोशी, महासचिवमा कमल तिमल्सिना, सचिवमा ओमकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा धनरानी केसी छन् । यसैगरी कार्य समिति सदस्यहरुमा उद्धवबहादुर थापा, सच्चयूराज उप्रेती, भीमप्रसाद गौतम, केशवराज खरेल, सुकदेव सापकोटा, रामप्रसाद हुमागाई, राममणि अधिकारी, काशीनाथ तिमल्सिना, सरस्वती चिमोरिया, शर्मिला थापा विष्ट र अनिल तामाङ छन् ।
साधारणसभामा नेपाल बार एशोसियसनका नवनिर्वाचित महासचिव केदार कोइराला र केन्द्रीय सदस्य मुकुन्द अधिकारीका साथै फूल्चोकी क्षेत्रमा हराईरहेका व्यक्तिहरुको उद्धारमा योगदान पुर्याउनु भएका पनौतीका दावा तामाङ र २०८१ साल असोजमा आएको बाढीको कारण बाग्मतीमा ज्यान गुमाउने अवस्थामा पुगेका व्यक्तिहरुलाई ठूलो जोखिम मोलेर ज्यान जोगाउने तिमालका चनिकलाल तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रममा उनीहरुलाई लोक सेवा आयोगका पूर्व अध्यक्ष एवं काभ्रे सेवा समाजका सल्लाहकार संयोजक उमेश मैनालीले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा मैनाली, समाजका आजीवन सदस्य मधु आचार्य, नेपाल सरकारका पुर्व सचिव धनबहादुर तामाङ, सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, सम्मानित व्यक्तित्व तामाङ र कोइराला लगायतले आफ्नो जिल्लाको विकासमा सबै एकजुट भएर सक्रियता पूर्वक लाग्नुपर्ने बताउनुभएको थियो ।
साधारणसभामा महासचिव राघव सिंह थापाले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिना श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस