
खानीखोला/नजिकिँदै गरेको नेपालीहरूको महान राष्ट्रिय चाड बडादशैँ, शुभ दिपावली तथा छठ २०८३ को सुखद र पावन अवसरमा खानीखोला गाउँपालिकाद्वारा आपसी सद्भाव, भ्रातृत्व र शुभकामना साटासाट गर्ने उद्देश्यका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङको अध्यक्षतामा तथा उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइराला, विभिन्न वडाका वडा अध्यक्षहरू, गाउँ सभा सदस्यहरू, गाउँपालिकामा कार्यरत कर्मचारीहरू, विद्यालयका प्रधानाध्यापकहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, नागरिक समाज, पत्रकार तथा स्थानीय बासीहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित सबैले आगामी चाडपर्वहरूमा आपसी मेलमिलाप, सद्भाव र भ्रातृत्व कायम राख्दै खुसीयाली मनाउन शुभकामना आदानप्रदान गरेका छन्। गाउँपालिकाले यस्ता कार्यक्रममार्फत स्थानीय स्तरमा एकता र सद्भावलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाइएको छ।