काभ्रेपलाञ्चोकमा दशैं अवधिभर टिपर सञ्चालन पूर्ण रूपमा प्रतिबन्ध

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ आश्विन २७, मंगलबार (१ महिना अघि)
  • १८२ पटक पढिएको

काभ्रेपलाञ्चोकमा दशैं अवधिभर टिपर सञ्चालन पूर्ण रूपमा प्रतिबन्ध

बनेपा /बडा दशैंको समयमा सवारी साधनको अत्यधिक चाप र सडक दुर्घटनाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक जिल्लाभर टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज जारी गरेको विज्ञप्तिअनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयबमोजिम आगामी असोज ३१ गते (फूलपाती) देखि कार्तिक ९ गते (पूर्णिमा) सम्म जिल्लाभित्र कुनै पनि टिपर चलाउन पाइने छैन।
दशैंको अवसरमा वीपी राजमार्ग र अरनिको राजमार्ग लगायतका सडकहरूमा यात्री तथा सवारी साधनको चाप अत्यधिक बढ्ने गरेको छ। यसबाट सिर्जना हुन सक्ने दुर्घटनाको जोखिम घटाउन र यात्रुवाहक सवारी साधनहरूको आवागमन सहज तथा सुरक्षित बनाउन प्रशासनले यो निर्णय लिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले प्रशासनको सूचना अवहेलना गरी टिपर सञ्चालन गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिएका छन्। काभ्रेपलाञ्चोक हुँदै राजधानीतर्फ दैनिक करिब तीन सय टिपर निर्माण सामग्री बोकेर जाने गरेको पनि उनले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस