काभ्रेपलान्चोकमा चाडपर्वका लागि विशेष प्रहरी सुरक्षा योजना लागू

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ आश्विन २८, बुधबार (१ महिना अघि)
  • २०७ पटक पढिएको

काभ्रेपलान्चोकमा चाडपर्वका लागि विशेष प्रहरी सुरक्षा योजना लागू

काभ्रेपलान्चोक — चाडपर्वको समयमा यात्रुको चाप बढ्ने र त्यससँगै दुर्घटना, ठगी, चोरीलगायतका आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले विशेष सुरक्षा योजना लागू गरेको छ।

प्रमुख राजमार्ग तथा यात्रु आवतजावत बढी हुने क्षेत्रहरूमा प्रहरीले सुरक्षा निगरानी र चेकजाँचलाई तीव्रता दिएको छ। घर फर्किने वा गन्तव्यतिर जाने सवारीसाधनको चाप हुने स्थानमा यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा गराउने उद्देश्यले प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिए।

यात्रुका गुनासो र समस्याहरू तत्काल समाधान गर्न सहायता कक्षमार्फत आवश्यक सहयोग र समन्वयको व्यवस्था मिलाइएको उनले बताए। टिकट जाँचदेखि लिएर यात्रुहरूले भोग्ने विभिन्न समस्याहरू समाधान गर्न जिल्लाभरि सात वटा ‘यात्रु सहायता कक्ष’ स्थापना गरी सेवा सञ्चालन गरिरहेको एसपी कार्कीले उल्लेख गरे।

प्रहरीले चाडपर्वका बेला यात्रुको सुरक्षा र सहज आवतजावतलाई प्राथमिकता दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस