पार्वती मा.वि.को ६४औं वार्षिकोत्सव सम्पन्न

  • काभ्रे खबर
  • / अटो /
  • २०८० चैत्र १६, शुक्रबार (६ महिना अघि)
  • ९० पटक पढिएको

पार्वती मा.वि.को ६४औं वार्षिकोत्सव सम्पन्न

दुंखर्क । नेपाल सरकारबाट नमूना विकासका लागि छनोट भएको दक्षिणी काभ्रेको अग्रणी सामुदायिक विद्यालय पार्वती माध्यमिक विद्यालये आफ्नो ६४औं वार्षिकोत्सव एक कार्यक्रमबीच भव्य रुपमा सम्पन्न गरेको छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष अधिकारीले व्यक्ति विकासको प्रमुख आधार भनेको शिक्षा भएको बताउनुभयो । उहाँले शिक्षाले भाषाभाषी, भेषभुषा र सांस्कृतिक मौलिक परम्पराका साथै सामाजिक, आर्थिक क्षेत्रलाई साथै एक सभ्य, नैतिकवान् र चरित्रवान् बनाउने भएकोले स्थानीय सरकारले शिक्षा विकासमा दिगो लगानी गर्नुपर्ने बताउनुभयो । अध्यक्ष अधिकारीले शिक्षाले समाज, अर्थतन्त्र, सँस्कृति र राजनीति कसैलाई पनि बलियो बनाउन सकेन भने शिक्षामा लगानी नपुगेको हुन सक्ने भएकोले शिक्षामा लगानी गर्न राज्य कटिवद्ध हुनु पर्नेमा जोड दिनुभयो । एक प्रसंगमा उहाँले पूर्वीय शैक्षिक पद्धति अब्बल रहेकोले त्यसलाई वर्तमानको मागसँग ‘फ्यूजन’ गर्दै जानुपर्ने आवश्यकता औल्याउनुभयो । यसका लागि गाउँपालिकाले घुम्ती शिक्षकको व्यवस्था, विद्यार्थीहरुसँग अध्यक्ष लगायतका कार्यक्रम गरिदैँ आएको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीयस्तरमा नै दिएकोले निजी विद्यालयमुखी वर्तमान समयलाई चुनौति दिनेगरी शिक्षा प्रदान गर्न शिक्षक शिक्षिकाहरुलाई आग्रह गर्नुभयो । सामुदायिक विद्यालयमा विद्यार्थी घटनुमा शिक्षा क्षेत्रका नकारात्मक पक्षहरु धेरै जिम्मेवार भएकाले आफ्ना छोराछोरी निजीमा पठाएर सामुदायिक विद्यालय जाने परिपाटीको अन्त्य नभएसम्म शिक्षामा परिवर्तन आउन कठिन हुने उहाँको तर्क थियो । कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले मानव विकास, सुशासन, आर्थिक, भौतिक, सामाजिक विकास र खुशीपनका मानकहरुलाई माथि लैजान शिक्षामा दिगो लगानी गर्दै जानुपर्ने बताउनुभयो ।
सो अवसरमा वि.सं. २०६६ सालमा विद्यालयले आयोजना गरेको सप्ताह ज्ञान महायज्ञमा रु १०,०००।– भन्दा माथि चन्दादान गर्नु हुने चन्दादाता, जग्गादाता, अक्षयकोषदाताहरुको शिलालेखको गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि अधिकारीले अनावरण गर्नु भएको थियो । यस्तै विद्यालयलाई ११ आना जग्गा प्रदान गर्नु हुने जग्गादाताहरु रघुनाथ तिमल्सिना, केशवप्रसाद तिमल्सिना, लक्ष्मी तिमल्सिना र राजेन्द्र तिमल्सिनालाई सम्मान गरिएको थियो भने विद्यालयको वर्षभरीका विविध गतिविधिमा विशेष योगदान दिनुहुने महानुभावहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै, कार्यक्रममा विद्यालयबाट सेवानिवृत्त शिक्षक बाबुराम तिमल्सिनालाई शैक्षिक क्षेत्रमा पु¥याएको योगदान बापत कदर पत्र सहित सम्मान, विभिन्न अक्षयकोषदाताबाट स्थापना गरिएका अक्षयकोषबाट ३६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण, विद्यालयमा कार्यरत उत्कृष्ट वर्ष शिक्षक सम्मान, कक्षा १२ सर्वाेत्कृष्ट पुरस्कार लगायतका सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यस्तै एस.इ.इ. सर्वाेत्कृष्ट पुरस्कार अन्तर्गत विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माद्वारा आफ्ना पिता स्वर्गीय खगनाथ शर्मा एवम् माता स्वर्गीय भिमकला शर्माको स्मृतिमा स्थापित सर्वाेत्कृष्ट विद्यार्थी पुरस्कार नगद रु. १० हजार राशीबाट एस.इ.इ. २०७९ मा सर्वाेत्कृष्ट हुने अविना तिमल्सिना र अमृत तिमल्सिना पनि सम्मानित हुनु भएको छ । यस्तै विद्यालयका पूर्व शिक्षक प्रदिप खतिवडाद्वारा आफ्ना स्वर्गीय माता ढकमाया खतिवडाको स्मृतिमा स्थापित कक्षा १२ सर्वाेत्कृष्ट विद्यार्थी पुरस्कार नगद रु. ५ हजारबाट यस वर्ष प्रकाश थोकर सम्मानित हुनु भएको छ ।

कार्यक्रममा विद्यालयको गतिविधिबारे जानकारी, वार्षिक कार्ययोजना पेश गर्दै विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद शर्माले विद्यालयको ६४ औँ वार्षिकोत्सव समारोहमा पाल्नुभएका सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, चन्दादाता, पूर्व विद्यार्थी, समाजसेवी, बुद्विजिवी, एवं उपस्थित समस्त शुभचिन्तक सरोकारवाला महानुभावहरुलाई धन्यावाद व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित अतिरिक्त क्रियाकलाप अन्तर्गत विविध खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय एवम् सान्त्वना स्थान हासिल गर्नु हुने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, दलीय प्रतिनिधिहरु, पूर्व शिक्षक, वि.व्य.स. शि.अ.स.का पूर्व पदाधिकारी लगायत अभिभावकहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

खोजी गर्नुहोस